धनुषा २० बैशाख । प्रादेशिक अस्पताल जनकपुरमा नयाँ पिसिआर मेसिन जडान गरिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुकी निर्देशक डा। रुना झाको टोलीले आएर मेसिन जडान गरेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि चैत २१ गते जडान गरिएको पोर्टेबल पिसिआर मेसिनले गलत रिपोर्ट दिनथालेपछि त्यसलाई हटाएर शुक्रबार नयाँ मेसिन जडान गरिएको हो कोरोना संक्रमित व्यक्तिको स्वाब परिक्षण गर्दा समेत नेगेटिभ रिपोर्ट देखाएपछि प्रादेशिक अस्पताल जनकपुरमा परिक्षण बन्द गरिएको थियो ।नयाँ जडान गरिएको मेसिनको स्वाब परिक्षण गर्ने क्षमता पहिलेकै मेसिनजस्तो रहेको प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरका प्रमुख राम विनय साहले बताउनुभयो ।पहिलेको भन्दा यो मेसिनको डिजाइन मात्र फरक छ क्षमता उही छ । आज परिक्षण गरिरहेको र सही नतिजा आएपछि मात्र स्वाब परिक्षण सुरु हुने उहाँले बताउनुभयो ।यस्तै वीरगञ्जमा समेत रियल टाइम पिसिआर मेसिन जडान कार्या भैरहेको जनस्वास्थय कार्यालयका वरिष्ठ प्रशासक विजय झाले जानकारी दिनुभयो । २। ३ दिनमा वीरगञ्जको मेसिन पनि सुचारु हुने बताउनुभयो । राजविराज र जनकपुरमा पनि ठूलो मेसिन जडान गर्न छिट्टै टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । एक साता भित्र मेसिन किनेर संचालन गर्ने तयारी रहेको बताउनुभयो । यो मेसिनबाट एक पटकमा ७२ वटा नमुना परिक्षण गर्ने क्षमता रहेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here