सप्तरी, १९ वैशाख । कोरोना भाइरसका कारणले लगातार महिना दिन भन्दा बढि भएपछि गरिब,निमुखा तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

सप्तरीको राजगढ गाउँपालिका ५ मलेकपुरका सरदार समुदायका ५१ परिवारहरुलाई बिहीबार एक सस्थाले राहत वितरण गरेको हो । जनता समाजवादी पार्टीका नेता गजेन्द्र मण्डलले राहत स्वरुप दाल,चामल,स्वाबिन, खाने तेल नुन र प्रत्येक परिवारका सदस्यहरूलाई माक्स र साबुन समेत वितरण गरेका हुन् ।

यसअघि पनि जनता समाजवादी पार्टी नेपालका सह महासचिव गजेन्द्र कु। मंडलको सहयोग र राष्ट्रिय सामुदायिक विकास केन्द्र नेपाल राजबिराज सप्तरीको सहकार्यमा उक्त गाउँपालिकाका साथै राजविराज नगरपालिकाका गरिब ,विपन्न परिवारलाई राहतका सामानहरू वितरण गरेको जनता समाजवादी पार्टी नेपालका युवा नेता तथा प्रत्यासी उमेदवार सुर्य नारायण मालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here