रौतहट, १९ बैशाख । कोरोना महामारीसँग अहिले पुरै विश्व लडिरहेको अवस्थामा घरबाट बाहिर निस्किनरहेका लागि मानव समुदायमा डर र त्रास सृजना भएको छ । तर यस्तो कोभिड १९ नोबेल कोरोना भाइरससँग लड्दै लकडाउनको सामाना गरि रौतहटको गौर नगरपालिका वडा नं ३ निवासी युवा समाजसेवी सुधिर श्रीवास्तवले आफ्नो अगुवाइमा कुकुर जनावरहरूलाई निस्वार्थ भावनाको साथ खाना खुवाउने अभियानको थालनी गरेका छन ।
९ औ दिनमा पनि आज नियमित रूपमा भात र मासु मिठो परिकार युवा अभियानी श्रीवास्तवको अगुवाइमा सदरमुकाम गौरक सडक र चौकहरूमा भोकभोकै छट्पटाएको कुकुरहरूलाई खोजी खोजी खाना खुवाउने अभियानमा सुनिल कुशवाहा, ओम सर्वोत्तम पुडासैनी, आन्नद रंजन जयसवाल, सुशान्त श्रीवास्तव लगायतका अभियानीहरूको सहभागी रहेका छन ।
