बारा, १९ बैशाख । बारागढी गाउँपालिका ३ सिपुराबाट प्रहरीले अबैध हातहतियार सहित एक व्यक्तिलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यलय बाराबाट खटेको प्रहरी टोलिले बारागढी गाउँपालिका ३ सिपुरा स्थित सडकखणडमा शंकास्पद अवस्थामा हिडडुल गरिरहेको सोही ठाउँ बस्ने बर्ष ३५ को मनोज राय नेटुवालाई पक्राउ गरेको बाराको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । पक्राउ परेको नेटुवाको शरीर प्रहरीले खानतलासी गर्दा आफ्नो शरीरको कम्मरमा लुकाएको राखेको हतियार नलकटुवा एक थान बरामद गरिएको थियो ।
उनीमाथि हातहतियार शिर्षकमा मुदा दर्ता गरि बारा जिल्ला अदालत बाट ७ दिनको म्याद थप गरि अनुसन्धान चलिरहेइको जिल्ला प्रहरी कार्यलय बाराले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here