काठमाडौं १९ बैशाख । सुनसरीको इटहरीमा १७ वर्षीया किशोरीलाई ९ जना मिलेर सामुहिक बलात्कार गरेका छन्। ती किशोरीले आफूलाई ९ जना मिलेर बलात्कार गरेको भन्दै इटहरीस्थित इलाका प्रहरी कार्यालयका उजुरी दिएकी हुन्। प्रहरी कार्यालयमा बुझाएको जाहेरीमा ती किशोरीले यही वैशाख १७ गते राति आफू सामूहिक बलात्कारमा परेको उल्लेख गरेकी छन्।
इटहरी वडा नम्बर ११, खनार भन्ने स्थानमा किशोरी बलात्कारमा परेको उजुरी आएको इटहरी इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी धर्मराज भण्डारीले जानकारी दिनुभयो। उजुरीका आधारमा प्रहरीले घटनामा संलग्नमध्ये स्थानीय त्रिलोचन चौधरी र अमित चौधरीलाई पक्राउ गरेको छ । ‘अन्यको खोजी भइरहेको डीएसपी भण्डारीले बताए। संभार जनता समाचार