मकवानपुर, १८ बैशाख । इलाका प्रहरी कार्यालय पशुपतिनगरले लागुऔषधसहित २ जनालाई पक्राउ गरेको छ।
पशुपतिनगरका प्रहरी प्रमुख अरुण कुमार कुश्वाहाको कमाण्डमा खटिएको प्रहरी टोलीले तेल ट्यांकरमा लुकाइ ल्याएको लागुऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका(४ घर भई हेटौंडा उपमहानगरपालिका(४ मा डेरा गरि बस्ने ३३ वर्षीय मान बहादुर थोकर र सोही ठाउँ कै ४५ वर्षीय सेते लामा छन् ।

हेटौंडा १५ रातोमाटेमा चेकजाँच गर्ने क्रममा प्रमुख कुश्वाहाको टोलीले बक्समा लुकाई ल्याएको १ सय ५५ बोतल बिन सिरेक्स सहित उनीहरुलाई पक्राउ गरेको हो ।
भारतको रक्सौलबाट तेल बोकेर काठमाडौं जादै गरेको ना ३ ख ६४६६ नम्बरको टयाङ्करबाट सो लागुऔषध बरामद गरिएको हो ।
उनीहरुलाई लागुऔषध नियन्त्रण एन अन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता सुजन पाठकले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here