राैतहट, १८ बैसाख । बलिउडमा एकपछि अर्को ठूलो धक्का लागेको छ । चर्चित अभिनेता इरफान खानको निधन भएको भोलिपल्दै अर्का दिग्गज अभिनेता ऋषि कपूरको पनि निधन भएको छ ।
अस्पताल भर्ना भएका ऋषि कपूरको निधन भएको भारतीय संचारमाध्यमहरुले जानकारी गराएकाे छ । उनको गएराती निधन भएको बलिउडका महानायक अमिताभ बच्चनले पनि अाफ्नाे टिवटमा लेखेका छन् । अमिताभले लेखेका छन् ‘ऊ गयो । ऋषि कपूर गए । भर्खरै उनको निधन भयो । म टुटेको छु ।”
कपूर परिवारबाट रणधीर कपूरले ऋषिको निधनको खबरको पुष्टि गरेका छन् ।’ ऋषि बुधबार एनएच रिलायन्स अस्पतालमा भना भएका थिए । दाजु रणधीरका अनुसार उनलाई सास फेर्न समस्या भएको थियो । हिजाे मात्रै बलिउडका अर्का चर्चित नायक ईरफान खानकाे उपचारकाे क्रममा निधन भएको थियाे ।