काठमाडौं, १७ बैसाख ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव समेत गरेका छन् ।
आज बसेकाे पार्टी सचिवालय बैठक अन्य रणनीतिहरु तय गर्ने भन्दै बैसाख २० गते बस्ने गरि सम्पन्न भएको हाे । संभार : अनलाइन खबर ।