रौतहट १७ बैशाख । रौतहटको मौलापुर नगरपालिकाले सार्वजनिक गरेको राहत वितरणको आय व्यय सहितको खर्च विवरण झुठा, गलत एवं बनावटी रहेको वडा नं १ मर्यादपुरका वडा अध्यक्ष राम प्रवेस राय यादवले आरोप लगाएका छन ।
वडा नं १ मा अरुले वितरण गरेको राहतलाई आफुले वितरण गरेको भन्दै नगरपालिकाले आफना खर्च विवरणमा समावेस गरेको वडा अध्यक्ष यादवको आरोप छ । अरुले वितरण गरेको राहतलाई नगरपालिकाले आफना खर्च विवरणमा समावेस गरेको प्रति वडा अध्यक्ष यादवले कडा आपती समेत जनाएका छन ।
नगरपालिकाले सार्वजनिक गरेको खर्च विवरणमा वडा नं १ मा ३ सय १७ परिवारलाई राहत वितरण गरिएको उल्लेख रहेको छ । अरुको राहतलाई आफनो राहत भन्नु र नगरपालिकाको खर्च विवरणमा त्यही डाटा समावेस गर्नु प्रशासकिय अधिकृत सिकेन्द्र साहको भ्रष्टाचार गर्ने नियत देखिएको उनको आरोप छ ।
अरुको राहतलाई आफनो राहत भनेर नक्कली खर्च विवरण सार्वजनिक गरेकोप्रति वडा अध्यक्ष यादवले घोरभर्तसना गर्दै छानविन एवं कार्यवाहीको माग गरेका छन ।
यस विषयमा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सिकेन्द्र साहसँग प्रतिक्रिया लिँदा उक्त राहत वितरण नगरपालिकाले नगरी मधेशी महिला समाज उत्थान केन्द्रले गरेको बताएका छन । आफुले नगरभरीमा अहिलेसम्म वितरण गरिएको राहत वितरणको नामावली मात्रै समावेस गरेको र उक्त राहत नगरपालिकाले वितरण नगरेको कुरा प्रष्ट रहेको हुँदा त्यसलाई अन्याथा नलिन उनले आग्रह गरे ।
आफुले सार्वजनिक गरेको खर्च विवरणमा उत्थान केन्द्रबाट प्राप्त ३ सय २६ र नगरपालिकाबाट प्राप्त एक हजार गरी कुल १३ सय २६ परिवारलाई नगरभरीमा राहत वितरण गरिएको कुरा प्रष्ट लेखिएको प्रशासकिय अधिकृत साहले बताए ।