सप्तरी १६ बैशाख । सप्तरीमा महिलाहरुले वडा कार्यालय र राहत गोदाममा तालाबन्दी गरेका छन् । सप्तरीको कञ्चनरूप नगरपालिका ९ को वडा कार्यालय र राहत गोदाममा स्थानीय महिलाहरूले वडा अध्यक्ष लक्ष्मण यादवले राहत वितरणमा अनियमिता गरेको भन्दै मंगलबार महिलाहरूको एक समूहले वडा कार्यालय र राहत गोदाममा ताला लगाएका हुन् ।
लकडाउनका कारण समस्यामा परेका गरिब विपन्नलाई दिनुपर्ने राहतका लागि मनपरी ढंगले सूची तयार गरेपछि महिलाहरूले तालाबन्दी गरेको स्थानीय भोला यादवले बताए ।
वडा कार्यालयले राहतका लागि ५ सय परिवारको सूची तयार पारेका छन् । तर, उक्त सूचीमा अपाङ्ग, विपन्न तथा दलितलाई समावेश गरिएका छैन । वडाध्यक्ष यादवले आफ्ना धनी कार्यकर्तालाई पनि सूचीमा पारेको स्थानीयहरुले आरोप लगाएका छन् ।
राहत वितरणमा वडाध्यक्ष यादवले अनियमितता गरी भ्रष्टाचार गर्न खोजेको पनि दलित महिलाहरूले आरोप लगाएका छन् भने जनप्रतिनिधिहरुलाई पारदर्शी ढंगले राहत वितरण गर्न माग गरेका हुन् ।
नगरपालिकाले राहतका वितरणका लागि वडालाई ५ लाख ४ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here