रौतहट, १४ बैशाख। रौतहट जिल्लाको गरुडा नगरपालिका वडा नं ५ मा आज ठेठरहियाका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई

गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलामले नगरपालिकाको वडा नं ६ ठेठरहिया टोलमा अतिविपन्न घरपरिवारलाई नगर प्रमुख इनु राय यादवले खाद्यान्न वितरण गरेको जनाएका छन् ।

गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताएका छन ।

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण संकलन गरेको र सोही अनुसार नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।