रौतहट, १५ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई रौतहट जिल्लाको माधव नारायण नगरपालिकाको वडा नं ६ माधोपुर मा समाजसेवी बैजनाथ प्रसाद यादब उर्फ बैजू यादबले राहत ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।

स्थानीय समाजसेवी यादवले आफनै स्र्वगीय पिता योगेन्द्र प्रसाद यादब रस्र्वगीय चाची शिवु देवी को सम्झना मा आफनै लगानीमा माधव नारायण नगरपालिका ६ माधोपुरमा राहत वितरण गर्नुभएको छ । चावल दाल, खानेतेल, नुन आलु प्याज वितरण गरेको छ ।