रौतहत १५ बैशाख । रौतहटमा मङ्गलबार देखि खाद्यान्न तथा उपभोग्य सामाग्री बिक्रि वितरण गर्न पाइने भएको छ । लक डाउनको समयमा खाद्यान्न तथा उपभोग्य बस्तुको होम डेलिभरीको व्यवस्था मिलाएपनि सर्बसाधारणबाट धेरै गुनासो आउन थालेको छ । सो कारण उपभोग्य सामाग्री बिक्रि वितरण गर्नको लागि प्रत्येक दिन बिहान ११ बजेदेखि दिउसो २ बजे सम्म खुला गर्ने निर्णय भएको हो ।प्रत्येक क्रेता र बिक्रेता बिचको दुरी कायम गरि विक्री वितरण गर्नुपर्ने भएको छ । सोमबार बसेको जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार सामाजिक दुरीलाइ कायम गरि विक्री गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here