रौतहट १५ बैशाख । रौतहट जिल्लाको फतुवा बिजयपुरका लकडाउन समयमा काठमाडौमा अलपत्र परेका ६३ जना नगरबासीलाइ सोमवार ल्याएको छ ।
ओम शक्ति बसमार्फत आएका सम्पूर्ण यात्रीहरुलाइ मावि दुधिअवा क्वारेनटाइनमा सामान्य चेक जाचपछि आ आफ्नो घर पठाईएको थियो ।


बसमा १७ जना बालबालिकासहित ६३ जना यात्रु रहेको र सबै यात्रु हरूलाई होम क्वारेनटाइनमा केहि दिन सुरक्षित रहन निर्देशनसमेत दिइएको क्वारेनटाइन इन्चार्ज प्रभु पटेलले बताउनु भयो ।

एकातिर सरकार जो जहा छ , त्यही रहनु पर्ने निर्देशन जारी गरिरहेको छ भने अर्कोतिर स्थानिय तह त्यसको बिरुद्ध आफ्ना अलपत्र नागरिकलाई भित्राउन बाध्य छ । जे जस्तो परिस्थिति भए पनि स्थानिय तहले त्यसरी ल्याईएका नागरिकलाई निश्चित अवधिसम्म कम्तिमा होम क्वारेनटाइनमा भए पनि राख्न सक्यो भने त्यस्लाइ उपलब्धी नै मान्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here