सिन्धुपाल्चोक, १४ वैशाख । कोरोना भाइरस संक्रमणबाट बच्न लगाइएको लकडाउनकैबीच सामाजिक दुरि कायम गर्दै नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ ले सामाजिक विकृतीको विरोधमा राँके जुलुस निकालेको छ ।
सरकारबाट भएको भनिएको भ्रष्टाचार, सांसद अपहरण गरिएको भन्ने प्रकरण, नेपाल सरकारका पूर्व सचिव भिम उपाध्यायले विचार अभिव्यक्त गरेकै आधारमा पक्राउ गरेर थुनिएको विरोधमा सिन्धुपाल्चोकको बारबिसे बजारमा राँके जुलुस निकालिएको नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला क्षेत्र नम्बर १ ले जनाएको छ ।
सांसद अपहरणपछि जनता समाजवादी पार्टी नेपालले आज सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ त्यसैगरी नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल अपहरणमा संलग्न भएको भन्दै मुद्दा दर्ता गर्न प्रहरीले नमानेको विषय लोकतान्त्रिक मुलुकमा अझै गम्भिर भएकोले लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षार्थ लड्नुको विकल्प नरहेको सिन्धुपाल्चोक कांग्रेसले बताएको छ ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका उपसभापति नवीन श्रेष्ठ , क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हेमन्त श्रेष्ठ लगायत सयौं नेता कार्यकर्ताको उपस्थितिमा बाह्रविसे बजारमा सामाजिक दुरि कायम राखेर मसाल जुलुस निकालेको खबर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here