रौतहट १४ बैशाख । रौतहटका जिल्लामा रहेका क्रियाशिल तथा सक्रिय सञ्चारकर्मीहरुले अनाथालयमा सहयोग गरेका छन् । सञ्चारकर्मीहरुले पाएको सहयोग आफूले नलिई अनाथालयलाई हस्तान्तरण गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर अध्यक्ष मोहन मेहता संचारकर्मीलाई खाद्यान्न तथा व्यक्तिगत सरसफाइ सामग्री हस्तान्तरण गरेको छ ।
नगर अध्यक्ष मोहन मेहताले नेपाल पत्रकार महासंघ रौतहट शाखाका सचिव गौतम श्रेष्ठलाई हस्तान्तरण गरेको सामग्रीमध्ये गौरस्थित नेपाल भारत मैत्री अनाथालयलाई चार बोरा खाद्यान्न तथा अन्य सामग्री हस्तान्तरण गरिएको थियो । गरुडास्थित वंशीराम जयसवाल अनाथालयलाई १५ बोरा चामलका साथै अन्य सामग्री हस्तान्तरण गरिएको छ । बोरामा २५ किलो बासमती चामल भएको सचिव श्रेष्ठले बताएका छन् । चामलको बोरासँगै दाल, नून, खानेतेल, साबुन, सेनेटाइजर, हैन्डवास, टूथ पेस्ट, ब्रस लगायतका सामग्री पनि रहेका छन् ।

दिनरात जोखिममा रहेर काम गर्नुपर्ने सञ्चारकर्मीहरुले आफ्नो भागको खाद्यान्न तथा सरसफाइ सामग्री अनाथालयलाई हस्तान्तरण गरेकोमा संस्थापक वंशीराम जयसवालले अनाथ बालबालिकाहरुको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here