चन्द्रपुर, १४ बैशाख ।
रौतहट जिल्लाको उतरीभेगमा पछिल्लो समय किसानले लगाएको मकैमा जंगलि बँदेल आउनथाले पछि विद्युतबाट करेन्ट लगाएर जंगलि बँदेल मार्ने गरेको पाईएको छ ।
रौतहटको बृन्दावन नगरपालिका वडा नं १, बलरीका किसानहरुले मकैको खेतमा करेन्ट लगाएर जंगलि बँदेल मार्नेको क्रम बढेको स्थानिय बताउँछन ।
सिकारीहरुले लगाएको करेन्टमा मानिस पर्न सकने सम्भावना बढदै गएको समेत स्थानियहरु बताउछन् । बलरीका केही समुहले दैनिक रुपमा रातीको समयमा विद्युतबाट मकैको खेतमा करेन्ट लगाउने गरेको स्थानियबासीहरु भन्छन्।
स्थानियका अनुसार विद्युतबाट करेन्ट लगाएर मारेका जंगली बँदेल उनिहरुले राता रात सर्लाही तथा रौतहटको विभिन्न स्थानमा बिक्री वितरण गर्ने गरेको बुझिएको छ । विद्युतबाट करेन्ट लगाएर बँदेल मार्न थालेपछि बलरीका विद्युतको टान्सर्फम उडने त्रास समेत बढेका हो । करेन्ट लगाएर जंगलि बँदेल मारिरहेको खबर बृन्दावन सव डिभिजन वन कार्यालयका कर्मचारीलाई स्थानियले पटक—पटक दिए पनि वनका कर्मचारीहरु भन्ने वास्ता नगरेको स्थानियहरुको आरोप रहेको छ ।
रौतहटमा करेन्ट लगाएर जंगलि बँदेल मार्नेको क्रम रोकिएको छैनन् ।