File Photo

काठमाडौं, १४ वैशाख । पूर्वस्वास्थ्य राज्यमन्त्री एवम तत्कालिन समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई दल विभाजन गर्ने उद्देश्यले गरिएको ‘अपहरण’ घटनाको छानबिन गर्न विद्यार्थी संगठनहरूले माग गरेका छन् ।
देश कोरानाले आक्रान्त भइरहेको बेला लकडाउनको मौका छोपी सांसदलाई नै ‘अपहरण’ गरिनु अपराधिक कार्य भएको भन्दै विद्यार्थी संगठनहरूले घटनाको छानबिन गर्न माग गरेका हुन् ।
नेपाल विद्यार्थी संघ, समाजवादी विद्यार्थी युनियन, राष्ट्रिय विद्यार्थी संघ, दुईवटा अखिल (क्रान्तिकारी) र राप्रविसंघले संयुक्त रुपमा विज्ञप्ति जारी गरी कानुनी कारबाहीको माग गरेका हुन् ।


गएको बुधबार मात्रै तत्कालिन समाजवादीका सांसद यादवलाई पूर्वमन्त्री एवम सांसद महेश बस्नेत अर्का सांसद किसान श्रेष्ठ र नेपाल प्रहरीका पूर्वडीआईजी सर्वेन्द्र खानालले प्रधानमन्त्रीलाई भेट्नै पर्‍यो भन्दै जनकपुरबाट काठमाडौं ल्याएका थिए ।
सांसद यादवले आफूलाई दबाब दिएर काठमाडौं ल्याएर होटेल म्यारियटमा राखिएको बताउदैं आएका छन् । पछि उनी होटेलबाट फुत्किएर पार्टीको सम्पर्कमा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here