काठमाडौं, १४ बैसाख।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ पुगेको जनाएको छ ।
मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका दुई जना पुरुषहरुमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
संक्रमित दुबै वीरगन्ज निवासी ५० वर्षीय पुरुषहरु रहेका छन् । संक्रमित पुरुषहरु वीरगञ्ज महानगरपालिका वडा नम्बर २ र ३ का रहेका छन् । जसमध्ये छप्कैया वडा नम्बर–२ का पुरुष सिद्धार्थ मावि स्थित क्वारेन्टाइनमा बस्दै आएका थिए भने वडा नम्बर ३ का रहेका छन् ।
आज दिउसो मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले जारी गरेको प्रेस नोट अनुसार संक्रमित दुवैको विरगंज स्थित नारायणी अस्पतालको आइसोलेनसमा उपचार भई रहेको र अवस्था समान्य रहेको उल्लेख गरिएको छ ।
प्रेस नोटमा हालसम्म कोरोना संक्रमणबाट निको भएर १२ जना घर फर्कि सकेको र ३९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाईएको छ ।
