काठमाडौं, १४ बैसाख । आज दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक पाँच बजेका लागि सारिएको हो ।
प्रधानमन्त्री केपीशर्मा ओली अन्य बैठकमा पनि सहभागी हुनुपर्ने भएका कारण मन्त्रिपरिषद् बैठक सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी गराएका छन्।
२ बजे बस्ने बैठकले लकडाउन लम्ब्याउने नलम्ब्याउने वा खुकुलो पार्ने नपार्ने बारे निर्णय गर्ने तयारी गरेको थियो ।
भोली १५ गते बैसाख अर्थात सोमबार यसअघि सरकारले घोषणा गरेको लकडाउन सकिँदैछ ।
आज साझ बस्ने मन्त्रिपरिषद बैठक बस्नुभन्दा अगाडि प्रधानमन्त्री ओलीले कोभिड १९ क्राइसिस म्यानेजमेन्ट टिम सँग छलफल गर्ने छन् ।
कार्यदलको हिजो शनिवार बसेको बैठकले एक साता लकडाउन थप गर्न सुझाव दिएको थियो भने उच्च स्तरीय समितिले पनि तत्काल लकडाउन खोल्ने अवस्था नरहेको राय सरकारलाई दिएको थियो ।
अब साझ पाँच बजे बस्ने बैठकको छलफल पछि सरकारले लकडाउन बारे निर्णय गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here