रौतहट, १४ बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज पोठियाहीका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ ।

गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत मोहमद मुस्ताक आलामले नगरपालिकाको वडा नं ६ पोठियाही टोलमा ६५० जनालाई अतिविपन्न घरपरिवारलाई नगर प्रमुख इनु राय यादवले खाद्यान्न वितरण गरेको जनाएका छन् ।
गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताएका छन ।


राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण संकलन गरेको र सोही अनुसार नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here