रौतहट, १४ बैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका ४३ जनालाई उद्धार गरेर रौतहटको गरुडा नगरपालिका शनिबार बेलुकी ल्याइएको छ । कोभिट १९ पत्ता लगाउन प्रारम्भीक जाँच गर्ने रेपिड किटको अभावमा विना परिक्षण गरी राजधानीबाट आएकाहरु महिला, पुरुष, बालबालिकाहरुलाई आ आफनो घरमै होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएका छन् । गरुडा नगरपालिकाका बासिन्दाहरु विभिन्न कामको शिलशिलामा राजधानी काठमाण्डौमा रहेको तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धाहरु बन्द भई खान लौउन धौ धौ परिरहदा नगरपालिका प्रमुखलाई एक वटा बस पठाएर महिला १६ र पुरुष २७ गरी ४३ जनालाई काठमाण्डौबाट गरुडा नगरपालिकाको माध्यमिक विद्यालयमा गरुडामा रहेको क्वारेन्टीनमा ल्याइएको हो ।

नगरपालिकाबाट व्यवस्थापन गरिएको वसमा बस्नेहरुलाई मास्क लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएर यहाँ सम्म ल्याइएको नगर प्रमुख इनु राय यादवले जानकारी दिए । लकडाउनको कारण वेरोजगार भएका जनताहरु एक महिना सम्म जिवन यापन जेनतेन गरे तर आब खान, घरभाडा तिर्न निकै गाह्रो हुनथाले पछि उनीहरुको अभिभावकको आग्रहमा बस पठाएर ल्याएको स्पष्ट पारे । माध्यमिक विद्यालय गरुडामा रहेका क्वारेन्टीनमा राजधानीबाट आएका महिला, पुरुष र बालबालिकाहरुलाई थर्मल गनबाट टेम्प्रेचर मापन गरी लगत संकलन गरिएको, होम क्वारेन्टीनमा बस्ने पत्रमा हस्ताक्षर गराइएको जानकारी दिदै नगर प्रमुखले उनीहरुको रेपिड टेष्ट गरेर पठाउनुपर्ने थिए तर यहाँ उक्त जाँच गर्नका लागि किटको अभाव रहेको स्पष्ट पारे । रेपिड टेष्ट गर्न किटको लागि जिल्ला स्वास्थ्य कार्यालय गौर र प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराइदिन आग्रह गर्दा उहाँहरु पनि सक्षम नरहेको हुँदा होम क्वारेन्टीनमा बसे पनि परिवारको सम्पर्कमा नआउने शर्तमा घर पठाइएको नगर प्रमुख यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here