रौतहट,१४ बैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका १०१ जनालाई उद्धार गरेर रौतहटको कटहरिया नगरपालिका ल्याइएको छ । राजधानीबाट आएकाहरु महिला, पुरुष, बालबालिकाहरुलाई आ आफनो घरमै होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएको र उनीहरुको वैशाख २८,२९ गते रैपिड टेष्ट द्वारा कोरोना चेक जाँच गरिने नगर प्रमुख सियाराम कुशवाहाले जानकारी गराउनु भएको हो । कटहरिया नगरपालिकाका बासिन्दाहरु विभिन्न कामको शिलशिलामा राजधानी काठमाण्डौमा रहेको तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धाहरु बन्द भई खान लगाउन धौ धौ परिरहदा नगरपालिका १०१ जनालाई काठमाण्डौबाट कटहरिया नगरपालिकाको भसेढवा माविमा रहेको ल्याइएको हो । नगरपालिकाबाट व्यवस्थापन गरिएको वसमा बस्नेहरुलाई मास्क लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएर यहाँ सम्म ल्याइएको नगर प्रमुख कुशवाहाले जानकारी दिए । लकडाउनको कारण वेरोजगार भएका जनताहरु एक महिना सम्म जिवन यापन जेनतेन गरे तर आब खान, घरभाडा तिर्न निकै गाह्रो हुनथाले पछि उनीहरुको अभिभावकको आग्रहमा बस पठाएर ल्याएको स्पष्ट पारे । क्वारेन्टीनमा राजधानीबाट आएका महिला, पुरुष र बालबालिकाहरुलाई थर्मल गनबाट टेम्प्रेचर मापन गरी लगत संकलन गरिएको, होम क्वारेन्टीनमा बस्ने जानकारी दिदै नगर प्रमुख कुशवाहाले उनीहरुको होम क्वारेन्टीनमा बसे पनि परिवारको सम्पर्कमा नआउने शर्तमा घर पठाइएको वहाँले बताए ।
काठमान्डौं बाट आएकाहरु लाइ पिएचसि कटहरिया प्रमुख डा।लक्षमण गुप्ता र डा। यसु मल्लले व्रिफिङ गरेका थिए । व्रिफिङ को क्रममा होम कवारेनटाइमा कसरी बस्ने,मास्क कसरी लगाउने,हाथ कसरी धुने,कसरी सेनिटाइज भएर बस्ने सहितको अन्य विषयमा जानकरी गराइएको थियो । यस अवसरमा नगर प्रमुख सियाराम कुशवाहा,समाजसेवि युवा नेता नसरुदिन अन्सारी,पिएचसिका डा। द्वय गुप्ता, मल्ल सहित स्वास्थ्यकर्मी,कवारेनटाइनमा सुरक्षामा खटेका सुरक्षाकर्मीहरु,सहितका व्यतीहरुको रोहबरमा उनिहरु लाइ विदाइ गरिएको जनाइएको हो ।

नगर प्रमुख कुशवाहा र उप प्रमुख खातुन सक्रियतामा कटहरिया नगरपालिकाले आफ्ना नगरवासीलाई काठमाडौंबाट नगरवासीलाई उद्धार गरेको प्रति काडमान्डु बाट आएकाहरुले वाहँहरु लाई धन्यवाद ज्ञापन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here