रौतहट १२ बैशाख । रौतहटमा हावाहुरी र असिनाले करोडौको क्षति भएको छ । शुक्रवार दिउँसो चटयांग, हावाहुरी सहित परेको असिना पानीले जिल्लाको उतरी तथा पच्छिमी भेगका गुजरा नगरपालिका र फतुवा विजयपुर नगरपालिका र कटहरिया नगरपालिकाको घरमा पूर्ण रुपमा क्षति र्पुयाएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन । तिव्र गतिमा हावाहुरी सहित परेको असिनाले कटहरिया नगरपालिका १ भसेढवा, छेदीचौक, वडा नं २ जमुनीया र वडा नं ९ मा खपरा, टालीबाट छाएको अधिकांश घरहरुको टाली र खपरा कामै नलाग्ने गरी फुटाईदिएको छ । असिना पानीले घरका टाली फुटाईदिएकोले आफुलाई बिजोग भएको भसेढवाका नथुनी यादवले बताउनुभएको छ । असिनाले करिव ४ लाख बराबरको क्षति भएको पिडित परिवार यादवले बताउनुभयो । त्यस्तै हुरीवतासले जमुनीया र भसेढवाका कयौघरको छानो उडाईदिएको छ भने कतिपय घर बस्नै नमिल्ने गरी भत्किएका छन् । असिना र हावाहुरीले ति दुवै गाउँमा हजारौ घरपरिवारलाई घरवार विहिन बनाएको छ । त्यस्तै हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ । यसले विद्यत् सेवा प्रभावित भएको छ । हुरीसँगै आएको असिना पानीले किसानका तरकारी लगायतका बालीमा पनि नोक्सानी पुगेको छ । त्यस्तै हुरीवतास र असिनाले टमाटर, मुला, खुर्सानी, धनियाँ, हरियो प्याज, काउली, बन्दा, र लसुन बालीमा क्षति पुगेको छ । हावाहुरी सहित परेको असिना पानीले नगरका करिव २ हजारभन्दा बढी घर पूर्ण रुपमा क्षतिग्रस्त भएको नगर प्रमुख शियाराम कुश्वाहाले बताउनुभएको छ । घर र तरकारी बाली तर्फ गरी एक करोड भन्दा बढीको क्षति भएको मेयर कुश्वाहाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here