रौतहट १३ बैशाख ।
रौतहटमा बर्षासँगै आएको असिनाका कारण ठुुलो क्षति भएको छ । रौतहटको कटहरिया नपा १ र २ का केहीस्थान तथा गुजरा नपा ६ को खतवहियाटोल,फतुवा विजयपुुर असिनाबाट प्रभावित बनेका छन् ।शुुक्रबार अपरान्ह परेको असिना पानीले सयौं घरका छानाको टायल र खपडा फुुटेर चुुहिने भएका छन् । स्थानीयका अनुसार आधा किलोसम्मका असिना पर्दा घर तथा बालीमा समेत क्षेती पुर्याएको छ । फतुवा बिजयपुर नगरपालिका अन्तरगत करीब दुुईसय घरमा क्षति भएकोे ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रहरी इन्सपेक्टर चन्द्रकिशोर साहले जनाएका छन् । मकैबाली,तरकारीबाली, आँप लगायतका बालीमा पूर्ण क्षति भएको किसानहरुले बताएका छन् । कटहरिया नगरपालिकाको दुुईवटा वडामा १५ सय घरका छाना भत्किएको नगरप्रमुख सियाराम कुश्वाहाले जानकारीदिनुभयो। त्यसैगरी सयौं बिगाहा जमिनमा लगाएको बाली समेत नष्ट भएर करोडौंको क्षती भएको मेयर कुश्वाहाले बताउनुभयो ।
यता गुजरा नगरक्षेत्र अन्तरगत ६ सय घरमा असिनाले क्षति भएको तथा बालीनालीको क्षतीबारे तथ्यांक संकलन भईरहेको मेयर सन्तलाल चौधरीले बताउनुभयो । यसैबीच जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बसुुदेव घिमिरेलेअसिना प्रभावित क्षेत्रमा स्थलगत निरीक्षण गर्ने बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here