रौतहट १३, बैशाख ।
नेकपाका नगर अध्यक्ष मोहन कुमार मेहताको आग्रहमा ईशनाथ नगरपालिकाले आफ्ना नगरवासीलाई काठमाडौंबाट नगरवासीलाई उद्धार गरिएको प्रति अध्यक्ष मेहताले नगरपालिकालाई धन्यवाद ज्ञापन गर्नु भएको छ ।
कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका ८५ जनालाई उद्धार गरेर रौतहटको ईशनाथ नगरपालिका ल्याइएको छ । कोभिड – १९ पत्ता लगाउन प्रारम्भीक जाँच गर्ने रेपिड किटको अभावमा विना परिक्षण गरी राजधानीबाट आएकाहरु महिला, पुरुष, बालबालिकाहरुलाई आ—आफनो घरमै होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएका छन् । ईशनाथ नगरपालिकाका बासिन्दाहरु विभिन्न कामको शिलशिलामा राजधानी काठमाण्डौमा रहेको तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धाहरु बन्द भई खान लौउन धौ धौ परिरहदा नगरपालिका ८५ जनालाई काठमाण्डौबाट ईशनाथ नगरपालिकाको जनता माध्यमिक विद्यालयमा औरैयामा रहेको क्वारेन्टाइनमा ल्याइएको हो । नगरपालिकाबाट व्यवस्थापन गरिएको वसमा बस्नेहरुलाई मास्क लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएर यहाँ सम्म ल्याइएको नगर प्रमुख सन्तोष कुमार मेहताले जानकारी दिए । लकडाउनको कारण वेरोजगार भएका जनताहरु एक महिना सम्म जिवन यापन जेनतेन गरे तर आब खान, घरभाडा तिर्न निकै गाह्रो हुनथाले पछि उनीहरुको अभिभावकको आग्रहमा बस पठाएर ल्याएको स्पष्ट पारे । उच्च माध्यमिक विद्यालय औरैयामा रहेका क्वारेन्टीनमा राजधानीबाट आएका महिला, पुरुष र बालबालिकाहरुलाई थर्मल गनबाट टेम्प्रेचर मापन गरी लगत संकलन गरिएको, होम क्वारेन्टीनमा बस्ने जानकारी दिदै नगर प्रमुख मेहताले उनीहरुको होम क्वारेन्टीनमा बसे पनि परिवारको सम्पर्कमा नआउने शर्तमा घर पठाइएको नगर प्रमुख सन्तोष कुमार मेहताले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here