बर्दिबास, १३ बैशाख । महोत्तरीको बर्दिवास नगरपालिका ३ स्थित पाटुको घुम्तीमा शनिवार बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा घटनास्थलमै एकजनाको मृत्यु भएको छ भने एक दर्जन बढी यात्रु घाइते भएका छन।

अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा सहचालक तामाकोशी २ दोलखा घर भएका २३ बषिय बाबुराम बिश्वकर्मा छन् ।

लकडाउनको समयमामा काठमाडौँमा अलपत्र परेका मानिसलाई लिएर उदयपुरको चौरन्दी नगरपालिकातर्फ गईरहेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी निरीक्षक सोनु कुमार साहले जानकारी दिए । ३५ जना यात्रु सवार सो बसमा सबार थिए । संभार टुडेपाटी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here