रौतहट, १० बैशाख। रौतहटको गरुडा नगरपालिकाले आज नरकटिया टोलमा बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई ।

रौतहटको गरुडा नगरपालिकाको वडा नं ९ नरकटिया टोलमा अतिविपन्न घर परिवारलाई नगर प्रमुख इनु राय यादवले खाद्यान्न वितरण गरेको जनाएका छन् ।

गरुडा नगरपालिकाकाले प्रति परिवार २५ किलो चावल, २ किलो दाल, १ किलो चिनी, १ लिटर खानेतेल, १ किलो नुन वितरण गरेको नगरपालिकाका कर्मचारी अनिल कुमार यादवले बताएका छन ।

राहत सामग्री वितरण अगाडी नगरपालिकाले नगरका विभिन्न वडाहरुको अतिविपन्न, गरिब तथा ज्यालादारी गर्नेहरुको विवरण गरेको अनुसार सामग्रीहरु वितरण भई रहेको जनाएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here