रौतहट ११ बैशाख । रौतहटको बंकुलस्थित एक होटेलमा गएराति आगलागी भएको छ । बंकुलचोकस्थित होटेल रजनी मिटहाउमा बुधवार राति १ बजे बिद्युतको तार सर्ट भएर आगलागी भएको थियो ।
आगलागीबाट होटेलमा रहेको फ्रिज, स्टेपलाइजर, एलईडी टिभी, फर्निचर, विभिन्न ब्राण्डका मदिरा बियर लगायतका सामान जलेर नष्ट भएको होटेलका सञ्चालक रामप्रवेश कुश्वाहाले जानकारी दिएका छन् ।
आगलागीबाट कुुल ६ लाखभन्दा बढीको सामान जलेर नष्टभएको प्रहरीचौकी बंकुलका प्रमुख असई सञ्जय बोहराले बताए ।
नेपाल प्रहरी,सशस्त्र प्रहरी र गाँउलेको सहयोगमा आगलागी निण्न्त्रणमा आएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख सशस्त्रका ईन्सपेक्टर दिपनरसिंह राईले जानकारी दिए ।
आगलागी झण्डै एकघन्टामा नियन्त्रणमा आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here