रौतहट, ११ बैशाख। विश्वमा महामारीको रुपमा फैलिएको कोभिड १९ को संक्रमणवाट मानव जिवन कष्टमा परेको वेला रौतहटमा केही स्थानिय तहमा राहतमा राजनितिक बढी देखिएको छ । विपदको वेलामा संक्रमणको विरुद्ध एक जुट भएर लाग्नुपर्नेमा स्वार्थी भावना लिएका केही निर्वाचित जनप्रतिनिधी समाजिक संजाल प्रयोग गरी राहतको आडमा टिकाटिप्पणी आलोचना गर्ने गरेको पाइएको छ ।
कोरोना भाइरसको रोकथामको लागी नेपाल सहित संसारका अन्य मुलुकहरु लकडाउनको घोषणा समेत गरेको छ । नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण उत्पन्न भएको असहज परिस्थतिलाइ सहज बनाउने , प्रभावित वर्ग समुदाय व्यक्तिलाइ खाधान्न समाग्री सहयोग गर्ने नेपाल सरकारको निति निर्देशन अनुसार प्रदेश सरकारले तयारी गरेको मापदण्ड बमोजिम तोकिएको लक्षित वर्गलाइ स्थानिय तहले राहत वितरण गर्ने कार्य जारी रहेको छ ।
राजदेवी नगरपालिकाको कार्यपालिकाको पुर्ण बैठकले सम्पुर्ण घर परिवारलाई राहत उपलव्ध गराउने गरिएको निर्णय पछि बडा अध्यक्षले संकलन गरेको तथ्यांक अनुसार नगरपालिकाले उपलव्ध गराएको राहत समाग्री वडाअध्यक्षहरुले आफनो रोहवरमा सर्वदलिय समितिको निर्णयले राहत वितरण गरेको अवस्थामा केही जनप्रतिनिधिले बाहिर वाट कुहिएको चामल दालको फोटो खिचेर सामाजिक संजाल मार्फत भ्रम सृजना गरेको देखिएको छ ।
राजदेवी नगरपालिका १ मा गुणस्तरहिन चामल वितरण गरिएको भनिपनि कसले खराव चामल पाएको एकिन भने गरिएको थिएन । राजदेवी नगरपालिकाको वडा नं।१ म खिचिएको चामलको बोराको फोटो वडा नं ८ हुदै अहिले यमुनामाई गाउपालिका सम्म पुगेको छ ।
गाउपालिकाका वडा नं ४ मा कुहिएको चामलको बोरा गरिव मजदुरी गर्ने व्यक्तिलाई वितरण गरेको त्यही चामलको बोराको फोटो हालेर बदनाम गर्ने गरेको पाइएको छ । वडा अध्यक्ष अश्विनी राय यादवले कुहिएको चामल वितरण गरेको कुरो अफवाह मात्र भएको भन्दै खण्डन गरेका छन ।
आफनो वडामा ५०० परिवारलाई स्तरिय राहत समाग्री वितरण गरेको वताउदै वडा अध्यक्ष यादवले ४०० थप घर परिवारलाई राहत वितरण गर्ने योजना वनाएको जानकारी गराए । विपदको समयमा सहकार्य सहयोग गर्नुको साटो आर्थिक लाभ लिने गलत मान्सिकता बोकेका केहीले बाहिरको फोटो समाजिक संजालमा हालेर पिडामा रहेका आम जनतालाई थप पिडा पुरयाउने कार्य गर्ने गरेको टिप्पणी गरे ।
वडामा चामल १५ किलो , दाल २ किलो , खानेतेल १ लिटर , आलु ३ किलो , नुन १ किलोको दरले वितरण गरेको र ४ सय परिवारलाई थप बाडने आवश्यकता रहेको यादवले जानकारी गराए । स्थानिय सुमिन्त्रा देवी , प्रभु साह , रामाज्ञा महतो , राम प्रवेश राउत , केशव बहादुरले राहत स्तरीए भएको बताएका छन । उनीहरुले दुखीलाई केही सहयोग नगर्ने व्यक्तिले अफवाह फैलाउने गरेको बताए ।


गाउपालिका अध्यक्ष श्री प्रसाद मुखियाले सुनियोजित ढंगवाट बदनाम गर्ने कार्य भइ रहेको दावी गरेका छन । राहतमा राजनितिक अहिलेको समयमा राम्रो नरहेको उहाको तर्क रहेको छ । राहत समाग्री स्तरीय रहेको समेत अध्यक्ष मुखियाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here