काठमाडौं ११ बैशाख । नेपालमा फेरि २ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २ जना संक्रमित थपिएको पुष्टि गरेको छ ।

उदयपुर र जनकपुरमा दुईजनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिनुभएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरका ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना पोजेटिभ देखिएको हो ।

कोरोना संक्रमण देखिए पनि उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । दुई जना थपिएपछि मुलुकमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here