रौतहट ११ बैशाख ।
रौतहटको ईशनाथ नगरपालिका वडा न ८ का वडाअध्यक्ष सेख चाँदअलीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने ५०० सय जना विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।
राहत समाग्रीमा रहेको चामल,२० किलो,दाल,२ किलो, नुन,१ किलो खाने तेल,१ लिटर रहेको बताए ।
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि ईशनाथ नगरपालिकाले राहत वडा नं ८ का वडाअध्यक्ष सेख चाँँदआलीले आफ्नो वडा अन्तरगत मनसरी र मोतिपुुरमा राहत वितरण कार्य गरेको वडा अध्यक्ष सेख चाँँदअलीले बताएका छन ।