रौतहट १० बैसाख ।
विष सेवनबाट आमा र छोरीको मृत्यु भएको छ भने छोराको उपचार बिरगजमा भैरहेको छ ।
रौतहटको मौलापुरमा श्रीमान संग सामान्य झगडा भएपछि एक महिलाले छोरा र छोरी सगै बिष सेवन गरकी छिन ।
रौतहटको मौलापुर नपा १ का रामलाल महतो की ३५ बर्षिया श्रीमती सोनावती महतोले मंगलवार साझ १४ बर्षिय छोरा दिपक महतो र ७ बर्षिया छोरी सोनी कुमारी महत्तो बिष खुवाएर आफुले समेत बिष खाएकी थिइन ।
बिषसेवन बाट बिरामी भएका तीनै जनालाइ उपचारका लागी बिरगज लगिएको थियो । दुइजनाको उपचारको क्रममा मृत्यू भएकको हो ।
उपचारको क्रममा आमाको राति र छोरीको बुधवार बिहान मृत्यू भएको इलाका प्रहरी कार्यालय मौलापुरले जनाएको छ । घटनाको अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here