काठमाडौं, १० वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ३ जनामा कोरोना संक्रमित देखिएको जनाए संगैं कोरोना संक्रमितको संख्या ४५ पुगेको छ।
मन्त्रालयले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरीएको परीक्षणमा थप तीन जनामा कोरोना संक्रमण देखिएको जनाएको छ।
पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डाक्टर विकास देवकोटाले बताएका छन् ।
प्रवक्ता देवकोटाले उनीहरु क्वारेन्टाइनमा रहेकाले उपचारका लागि अस्पताल ल्याइरहेको समेत जानकारी गराए । यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४५ पुगेको र यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उनले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here