रौतहट १० बैसाख ।
काठमाण्डौमा रहेकास्थानियहरुलाई आफना स्थानिय तह सम्म ल्याउन चाहने तहले सवारी साधनको व्यवस्था गरे पास उपलव्ध गराउने जिल्ला सुरक्षा समिति रौतहटले निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधवार बसेको बैठकले लकडाउनका कारण काठमान्डौमा अलपत्र परेकाहरुलाइ सम्बन्धित स्थानिय तहहरुले उद्दार गर्न चाहेमा सो को लागि आवस्यक पासको ब्यवस्था गर्ने भएको हो।
राजधानीबाट आउने ती ब्यक्तीहरुलार्इ सम्वन्धित स्थानिय तहले आरडिटि बिधीबाट परिक्षणगरि होम कोरेन्टाइनमा राख्नु पर्ने निर्णय समेत गरेको छ ।

आजै ( बुधबार ) बसेको बैठकले जिल्लाका विभिन्न कोरेन्टाइनहरुमा रहेका भारतिय नागरिकहरुको खाना दिन दिनै बढदैं गएको र उनीहरु खाना खुवाउन समस्या भएको गुणासो आए पछि उक्त नागरिकहरुको खाना खर्च जिल्ला बिपद ब्यब्स्थापन कोषबाट खर्च गर्न गृह मन्त्रालय संग अनुमती लिनका लागी पत्राचार गर्ने समेत निर्णय भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।