Photo credit by sanjay mishra

रौतहट, ९ बैसाख ।
कोरोना भाईरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन पुुर्ण प्रभावकारी बनाउन रौतहटको फतुवा विजयपुर नपाका मेयर गोपाल यादवले नयाँ तरीका अपनाईएको छ ।
लकडाउन पालना गराउन प्रहरीले लाठी प्रहारगर्नुु भन्दा गाँउकै जनप्रतिनिधी, शिक्षक तथा अगुवाहरुलाई स्वंयसेवक बनाई परिचालन गरेका छन् ।
रौतहटको पश्चिमीभेग ईलाका प्रहरी कार्यालय बिजयपुरका प्रमुख प्रहरी निरिक्षक चन्द्रकिशोर साहको अगुुवाईमा मंगलवार देखी स्वंयसेवक परिचालनगर्ने कामको सुुरुवात भएको हो।
फतुवा बिजयपुर नगरप्रमुख गोपाल प्रसाद यादव र प्रहरी निरिक्षक साहको लकडाउन २३ जना स्वंयसेवकको टोलीबनाई लकडाउन पुर्णपालना गराउन टोल टोलमा परिचालन गरीएको छ ।
आज पहिलोदिन परिचालन भएको स्वंयसेवक टोलीमा फतुवा बिजयपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष सुुर्यनारायण खाँ थारु, वडा नं. ८ का अध्यक्ष उमाशंकर जयसवाल, वडा नं. ९ का अध्यक्ष दिपनारायण चौधरी, शिक्षक राधेश्याम यादव, नेकपाका ऋषी ढुुंंगाना, कांग्रेसका जयकरण यादव लगायत २३ जना रहेका छन।
माँ कंकाली ग्रुुुपद्धारा उपलब्ध गराएको नोवेल कोराना भाईरस बाट बच्न सरकारद्धारा जारीभएको लकडाउनको पालना गर्रौ, अंकित भेष्ट सबै स्वयंसेवकले लगाएका थिए ।
प्रहरी निरिक्षक चन्द्रकिशोर साहका अनुुसार लकडाउन पालना गराउन प्रहरीले कडाईगर्दा ठाँउ ठाँउमा बिभिन्न आरोप प्रत्याराप लागी रहेकाले समाजको सुरक्षागर्न समाजशेवीहरु जिम्मेवार हुनुुपर्ने अवधारण अनुसार सर्वपक्षिय सहमतीमा स्वंयसेवक परिचालन गरीएको बताए ।
लकडाउन परिपालना गराउन ५ जनाको टोली बनाएर वडा वडामा परिचालित स्वंयसेवकको बैकसपोटमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन हुुने मेयर गोपाल प्रसाद यादवले जानकारी दिएका छन ।
पहलो चरणमा फतुवा बिजयपुरको वडा ७, ८ र ९ मा स्वंयसेवक परिचालन गरीएको र भोलीदेखी नगरक्षेत्र अन्तरगतको सबै ११ वटै वडामा परिचालन हुने मेयर यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here