राैतहट, ९ बैसाख।
लकडाउनकाे माैका छाेपी पराेहा नगरपालिकाले गुणस्तरहिन विकास कार्य अारम्भ गरेकाे खबर प्राप्त भएको छ ।
काेराेना महामारीबाट वचन सरकारले समाजिक दुरी कायम गर्न तथा देशभर जनतालाई अा अाफ्नाे जिउज्यानकाे सुरक्षामा ध्यान दिन अपिल गरिरहैकै बेला नगरपालिकाकाे वडा नं. २ जिगडवा मा कार्यवाहक अध्यक्ष तपेन्द्र यादवले सडक ढलानकाे कार्य अारम्भ गरेकाे हाे ।
नगर कार्यसमिति व्रिजालाल पासवानका अनुसार कसैले नदेखाेस र गुणस्तरकाे कुनै ख्याल नगराेस भनी स्थानीय राजकिशाेर यादवले वडामा रहेकाे सडक ढलान कार्यलाई कमसल र स्टिमेट भन्दा बाहिर गई गरेकाे अाराेप लगाएकाे छ ।
समाजिक दुरी समेतकाे ख्याल नै नगरि सरकारले गरेको लकडाउनकाे धजि उडाउदै गुणस्तरहिन र स्टिमेट बाहिर गई कार्य गर्नेमाथि कार्वाही गर्न स्थानीय दिनानाथ प्रसाद यादवले माग गरेका छन् ।
यसबारे नगरप्रमुख शेख वकिल संग सम्पर्क गर्दा वहाले समाजिक दुरी कायम गरि मात्र साना तिना कार्यहरु गर्न सक्ने र गुणस्तरमा कुनै कम्प्रमाइ नहनुका साथै स्टिमिट बाहिर गई कार्य गर्ने माथि कार्यवाही गर्ने बताए ।