काठमाण्डौं, ९ बैसाख ।
आज मंगलबार नयाँ ११ जनामा कोरोना संक्रमण पुष्टि संगैं नेपालमा कोरोना संक्रमितको संख्या ४२ परगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले साझ ७ वजे जारी गरेको प्रेस नोट अनुसार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै मंगलबार मात्रै ११ जना संक्रमित थपिएका छन् ।

उदयपुर जिल्ला त्रियुगा नगरपालिका स्थित भुल्केमा शंकास्पदको परिक्षण गर्दा १२ जनाको नतिजा पोजेटिभ भइ बिराटनगर स्थित कोशी अस्पतालमा उपचाररत रहेका छन् । निजहरूको संसर्गमा रहेका २६० जनाको काठमाडौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गरिएकोमा ३ जनाको नतिजा पोजेटिभ देखिएको र २० जनाको हाल परिक्षण भैरहेको छ । अन्य थप ६९ जनाको परिक्षणको लागि बिराटनगर स्थित कोशी अस्पतालमा हिजै नमुना पठाइएकोमा अस्पतालबाट ८ जनाको नतिजा पोजेटिभ देखिएकोले थप परिक्षणको लागि आज वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएकोमा परिक्षण गर्दा थप पुष्टी भएकोले निजहरूलाई हाल बिराटनगर स्थित कोशी अस्पतालमा उपचारका लागि पठाइएको छ ।

हाल पुष्टी भएका संक्रमितहरूमा १८, १८, २०, ३३, ४०, ४१, ४१, ५२ र ५८ बर्षीय पुरुष, ३६ बर्षीय महिला र १ जना उमेर नखुलेको महिला गरी जम्मा ११ जना नतिजा पोजेटिभ देखिएको छ । यसरी हाल सम्मको अध्यावधिक विवरण अनुसार नेपालमा कोभिड-१९ पुष्टी भएको संख्या ४२ पुगेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने ४ जना निको भएर घर फर्कीसकेका 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा मंगलबार नै १ जना र बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको परीक्षणमा ८ जनामा कोरोना पोजेटिभ भेटिएको थियो ।
मन्त्रालयले संक्रमितमध्ये हालसम्म ४ जना उपचारपछि निको भएर घर फर्कि सकेको समेत जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here