रौतहट, ८ बैसाख ।
प्रदेश नं. २ का भुमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव कोरोना भाईरस नियन्त्रणका लागि रौतहटका स्थानिय निकायहरुमा आज पनि स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन् ।
राज्यमन्त्री यादव आज सोमबार रौतहटको गरुडा नगरपालिका, माधव नारायण नगरवपालिका र यमुनामाई गाउपालिकामा तयारी पोसाक पिपिई, माक्स र सेनिटाईजर तथा अन्य सामग्रीहरु वितरण गरेका छन् ।


रौतहटमा कोभिड १९ नियन्त्रणमा केही सहयोग पुरयाउने उदेश्यका साथ प्रदेश नं. २ सरकार सहयोगमा अति आवश्यक सामग्री बितरण गरेका हुन् । कोरोना भाईरसलाई परास्त गर्नका लागि प्रदेश सरकारले स्थानीय तहसंग सहकार्य गरेर अगाडि बढने गरेको राज्यमन्त्री यादवले बताए।
यादवले आरडीसी नामक गैर सरकारी संस्था समेतको सहयोग र सहकार्यले रौतहटमा प्रदेश सरकारलाई थप बल पुगेको जिकिर गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here