काठमाडौं ४ बैशाख । चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन्। चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गत चैत ३० गते चित्तलको सुकुटी खाँदै गरेको सूचनाका आधारमा निकुञ्जको संयुक्त गस्तीटोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेकाको अनुसन्धान भई मुद्दा प्रक्रियामा रहेकाले विस्तृत विवरण खुलाउन नमिल्ने उपाध्यायले जानकारी दिए। प्रारम्भिक जानकारीअनुसार निजले चित्तल मारेर सुकुटी बनाएर खाँदै गरेको अवस्थामा निकुञ्जको टोलीले पक्राउ गरेको हो। संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here