रौतहट ४ बैशाख । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष शोख हारुनले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ ।
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको राजपुर नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरे पछि वडा नं ३ का वडाअध्यक्ष शोख हारुनले आफ्नो वडामा राहत वितरण कार्य सुरु गरेको वडा अध्यक्ष शोख हारुनले बताएका छन ।
अध्यक्ष हारुनले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी समेत कायम गरेर राहत वितरण गरेको हो । राहत वितरण कार्याक्रमा राजपुर नगरपालिकाका नगर प्रमुख मो सकील अख्तर,राजपुर प्रहरी चौकीका सई लगायत सञ्चारकर्मी र भद्र भलादमीले लकडाउनको पाल्ना गर्दै समाजिक दुरी कायम गरेर सहभागिता जनाएका थिए ।