पर्सा ३ बैशाख । बहुदरमाई नगरपालिका ७ फुलकवल विश्रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर ३८ वर्षीय सनोज प्रसाद कुसवाहको मृत्यु भएको हो । कुसवाह विश्रामपुरकै देवेन्द्र राउत कुर्मीको गहुँ खेतमा थ्रेसरबाट गहुँ काट्न गएका थिए । गहुँ काट्ने क्रममा ११ हजार भोल्टको तारमा छुन गई उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते भएका थ्रेसर चालक कुसवाहको उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here