हेटौँडा, ३ बैशाख । गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका १३ सिमपानीबाट गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिमपानीका ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय दिल बहादुर थिङ, ५३ वर्षीय सुब्बा सिं वाईबा, २० वर्षीय हरी स्याङतान, ६३ वर्षीय बिर बहादुर थिङ र ५६ वर्षीय चन्द्र बहादुर घिसिङ रहेका छन् । गाई काटेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । घटनाका विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संभार जनता समाचार