रौतहट, ३ बैशाख । रौतहटमा गएराती बर्षा संगै आएको हावाहुरीले दुई स्थानमा तिनवटा घरको छाना उडाउँदा लाखौं बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।
रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं.२ कटानीटोलमा दुई जनाको घरको छाना उडाउदा लाखौं बराबरको क्षती भएको छ।मंगलवार मध्यरातमा आएको हावाहुरीले स्थानिय रामसिंह मोक्तान र चमार सिंह मोक्तानको घरको छाना उडाएको हो । साथै घरमा रहेको अन्न पात समेत नष्ट भएर चारलाख पचास
हजार बराबरको क्षतीभएको वडा अध्यक्ष अशोक खाँ थारुले बताउनुभयो
त्यसैगरी राजपुर नगरपालिकामा हावाहुरी बाट एकघर भत्किएर एक लाख पचास हजार बराबर क्षती भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिनुभएको छ। गएरातीको अबेर राती हावाहुरी आएकाले क्षतीको पुर्ण बिवरण आईनसकेको तथा संकलन जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।