रौतहट, ३ बैशाख । कोरोना भाईरसको संक्रमण फैलिन नदिन फतुवा बिजयपुर नगरपालिकाले मानिसहरुको आवागमन पुर्ण बन्द गराउन अग्रसरता देखाएको छ । रौतहटमै पहिलो पटक उक्त नगरपालिकामा कार्यपालिका बाटै एकगाँउ बाट अर्को गाँउमा जान नपाइने निर्णय गरेको छ । नगर प्रमुख गोपाल यादवले ग्रामिण भेगमा मानिसहरुको चहल पहल नरोकिएकाले मंगलवार वडा अध्यक्ष कार्यपालिका सदस्यहरुको सहीतको बैठकले प्रत्येक गाँउको बाटो बन्द गर्ने निर्णय गरेको बताएका छन। नगरक्षेत्र अन्तरगतको प्रत्येक गाँउको बाटोमा बार लगाएर आवागमन अवरुद्ध गरीएको तर प्रहरी,एम्बुलेन्स,प्रेसको गाडी दमकललाई निषेध नगरीएको फतुवा बिजयपुरका मेयर गोपाल यादवले बताउनुभयो ।