वीरगञ्ज, २ वैशाख । वीरगञ्जमा धानको ब्याडमा पानी हाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बाराको करैयामाई गाँउपालिका ५ तेतरिया टोलका ६० वर्षीय उदयमान सहनीको ज्यान गएको हो । चैते धानको ब्याडमा पानी हाल्ने क्रममा सहनीलाई सोमबार राति ९ बजे करेन्ट लाग्दा उनी घाइते भएका थिए । घाइते भएका सहनीको उपचारको लागि कलैया अस्पतालमा ल्याउदै गर्दा बाटोमै ज्यान गएको बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।