रौतहट, २ बैशाख । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण दैनिक मजदुुरी गरेर परिवार चलाउने गरीब तथा विपन्न परिवार बढी प्रभावित भएका छन् ।सो कुरालाई मध्यनजर गर्दै गुजरा नगरपालिकाले राहत वितरण सुरु गरेको छ । नगर प्रमुख सन्तलाल चौधरी, उप प्रमुख रौशन खातुन र प्रमुख प्रशासकिय अधिकृत नन्देश्वर चौधरीको विशेष सकृयतामा राहत बितरण सुुरु गरीएको हो ।उक्त वडामा रहेका गरिव ,दलित ,तथा ज्याला मजदुरी गरेर जिविका चलाइरहेका विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।गुुजरा नगरपालिकाको वडा २ मा सोमबार र मंगलबार गरी कुल ७ सय ८६ परिवारलाई राहत बितरण भईरहेको वडा अध्यक्ष अशोक खाँ थारुले जानकारी दिनुुभयो ।
यता वडा ५ मा तिनसय २४ परिवार र वडा ९ मा ५ सय ५७ परिवारलाई राहत बितरण गरीएको छ । राहतमा प्रती परिवार २५ किलो चामल,२ किलो दाल,१ लिटर खानेतेल,१ पाकेट नुन बितरण भईरहेको नगरप्रवक्ता शेख आरिफले बताउनुु भएको छ ।गुजरा नगरपालिका अन्तरगत गरीब ,विपन्नको संख्या बढी रहेकाले कार्यपालिकाको निर्णय अनुसार कुल ५ हजार ५ सय परिवारलाई राहत बितरण गरीने नगर प्रमुख सन्तलाल चौधरीले जानकारी दिनुुभयो ।