काठमाडौं २ बैशाख । कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति आफन्तलाई भेटेर घर फर्किंदै गरेकी किशोरी खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् । घटनामा संलग्नको आरोपमा धारिलो हतियार र मोटरसाइकलसहित पक्राउ परेका उनीहरूमध्ये दुईजना २० वर्ष र दुईजना क्रमशः २१ र २४ वर्षको रहेको बस्नेतले जानकारी दिए । संभार जनता समाचार