सिरहा, १ बैशाख । सिरहामा लकडाउन उल्लंघन गर्ने सवारी साधनसहित ३० जना पक्राउ परेका छन् ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकार तीन सातादेखि लकडाउन गरेको सिरहा सदरमुकामको विभिन्न ठाउँबाट ११ मोटरसाइकल, ३ ट्रयाक्टर र ४ वटा साइकललाई नियन्त्रणमा लिएको हो ।
यस्तै, लकडाउनका बेला घुम्न निस्केका ३० जनालाई समेत नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई सम्झाइबुझाई आइतबार साँझ छाडिएको छ । नियन्त्रणमा लिइएको सवारी साधनलाई कारबाही गरिनेछ । सिरहा प्रहरीले हरेक दिन दर्जनौं सवारी साधन र मानिसहरूलाई पक्राउ गरिरहेका एसपी चतुर्वेदीले बताए ।
पर्सास्थित नारायणी अस्पतालमा भर्ना भएकामध्ये तीन जनामा कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश २ का जिल्लाहरूमा सुरक्षा सतर्कता झन् बढाएको छ । लकडाउन पालना गराउन सुरक्षाकर्मीहरु आक्रमक रूपमा प्रस्तुत हुन थालेका छन् । संभार टुडेपाटी