काठमाडौँ १ बैसाख । खोटाङको हलेशी तुवाचुङ नगरपालिका(१ झापा टोलका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ । दुधकोशी नदीमा डुबेर आइतबार दिउँसो १५ वर्षीय सुबिन राईको मृत्यु भएको हो । तुवाचुङ नगरपालिका सोक्माटारस्थित दुधकोशी नदीमा माछा मार्ने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको बताइएको छ ।

त्यसैगरी सुनसरीको दुहबी नगरपालिका(७ स्थित नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने मोरङ रंगेली नगरपालिका(२ घर भएका सुरज ऋषिदेबका छोरा ८ वर्षीय करण ऋषिदेबको सोमबार बिहान मृत्यु भएको हो ।

आमासँगै नहरमा नुहाउन गएका उनी नहरमा डुब्दा गम्भीर घाइते भएका थिए । उनको दुहबी सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । संभार जनता समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here